शनिबार, माघ २१, २०७९

निर्वाचन आयोगले सोध्यो प्रचण्ड र आरजुलाई २४ घण्टे स्पष्टीकरण (पत्रसहित)

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २७ गते २२:५०

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसकी नेतृ आरजु राणा देउवालाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

आयोगले प्रचण्डलाई चितवनको भेलामा गठबन्धन उम्मेदवार रेणु दाहाललाई पराजित गराए देश दुर्घटना जानेछ भन्ने अभिव्यक्तिबारे स्पष्टिकरण सोधेको हो ।

त्यो अभिव्यक्ति मतदातालाई धम्क्याउने किसिमको भएको भन्दै आयोगले आपत्तिजनक रहेको जनाउँदै स्पष्टिकरण सोधेको हो ।

त्यस्तै, आयोगले कांग्रेस नेतृ आरजु राणालाई गठबन्धन उम्मेदवारलाई जिताए हरेक वडाबाट ४, ५ जनाका दरले निःशुल्क रूपमा भिसा टिकेटको व्यवस्था गरी मलेसिया पठाउने विषयहरू बोलेकोले स्पष्टिकरण सोधेको हो ।

उनीहरु दुवै जनाविरुद्ध अयोगले २४ घण्टे स्पष्टिकरण सोधेको छ ।

तपाइँको प्रतिक्रिया