अधिकतम जनशक्ति खटाएर एक साताभित्रै मतगणना सकाउन निर्वाचन आयोगको ताकेता
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २७ गते १२:१५
आगामी जेठ ५ गते स्थानीय तहका जनप्रतिनिधिहरूको पदावधि सकिने भएकाले निर्वाचन आयोगले मतदान सम्पन्न भएको एक हप्ताभित्रै मतगणना सकाउने ताकेता गर्ने भएको छ ।
आयोगको निर्वाचन व्यवस्थापन महाशाखाका अनुसार ‘अधिकतम जनशक्ति खटाएर छिटोभन्दा छिटो मतगणना गर्ने र परिणाम पनि सार्वजनिक गर्ने योजना छ ।’
मतगणनाका लागि अधिकतम जनशक्ति खटाउन पनि महानगरपालिकाका मुख्य निर्वाचन अधिकृतहरूलाई निर्देशन दिइएको छ ।