मंगलबार, माघ २४, २०७९

सरकारी बजेट तिनको माइतीको पेवा हो ? : केपी शर्मा ओली

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २६ गते १७:०३

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले विकासका लागि पठाइने बजेट कसैले रोक्न नसक्ने बताएका छन् । पोखरामा आयोजित चुनावी सभालाई मंगलबार सम्बोधन गर्दै ओलीले बजेट पठाउँदिन भन्नलाई कसैको पेवा नभएको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणा देउवाले कांग्रेसले नजित्ने क्षेत्रमा बजेट नपठाउने बताएकी थिइन् । त्यसको प्रतिवाद गर्दै ओलीले भने, ‘विकासका लागि बजेट पठाउँदिन भन्ने तिनको माइतीको पेवा हो ? हामीले नजितेका क्षेत्रमा बजेट दिदैंनौँ भन्न पाइन्छ ?’

तपाइँको प्रतिक्रिया