शुक्रबार, माघ १३, २०७९

ओलीले अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि गठबन्धन गर्नुपर्यो: प्रधानमन्त्री देउवा

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २४ गते २१:४६

प्रधानमन्त्री एवम् नेपाली काग्रेसका सभापति शेरबहादुर देउवाले केपी ओलीले मुलुकमा अधिनायकवादी व्यवस्था लाद्न खोजेपछि आफूहरुबीच गठबन्धन गर्नु परेको बताउनु भएको छ ।
सभापति देउवाले सत्तारुढ गठबन्धन मुलुकमा संघीयता र संविधानको रक्षाको लागि आवश्यक रहेको पनि दोहो¥याउनु भयो । शनिबार जनकपुरमा आयोजित सत्तारुढ गठबन्धनको आमसभामा बोल्दै उहाँले नेपाली काग्रेसको महाधिवेशनबाट समेत गठबन्धनलाई अनुमोदन गरिएको कारणले यसको औचित्यमाथि काग्रेसले प्रश्न उठाउन नसक्ने बताउनु भयो । देउवाले तराई मधेसमा नागरिकताको समस्या रहेको बताउदै यसलाई छिटो समाधान गर्ने आश्वासन समेत दिनु भयो ।

तपाइँको प्रतिक्रिया