बिहीबार, माघ २६, २०७९

गठबन्धनले होइन चुनाव एमालेले नै जित्छ : अध्यक्ष केपी शर्मा ओली

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २४ गते २१:४०

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चुनाव एमाालेले नै जित्ने बताएका छन् ।

शनिबार विराटनगरमा आयोजित वृहत चुनावी आमसभामा अध्यक्षे ओलीले गठबन्धनले जतिसुकै ह्याण्डसम र ब्युटी उम्मेदवार उठाए पनि चुनाव नजित्ने टिप्पणी गरेका छन् ।

एमालेले नै चुनाव जित्नै भन्दै ओलीले गठबन्धनतर्फ संकेत गर्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले कुहिएका डोढका लौरा टेकेर हिँडिरहेको टिप्पणी गरे ।

त्यस्तै, उनले माधव नेपाललाई लक्षित गर्दै भने, ‘एमालेको टुप्पोमा बसेर १५ वर्षसम्म रस खाएका माधव नेपाल अहिले देउवाको भान्सामा बिरालो भएर पुगेका छन् । देउवाले भान्सामा पुगेको नेपाललाई आफूले देउवालाई भनेर एक÷एक कचौरा दूध दिएपछि शान्त छन् ।’

उनले आफूले गठबन्धन तोड्न नचाहेको पनि बताए ।

हिजोका दिनमा टाउको मोल तोक्ने र बम हान्नेहरू अहिले एक अर्काको प्रशंसामा मग्न भएको ओलीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया