बिहीबार, माघ २६, २०७९

बेमौसमी पानिले पहिरो जाँदा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २४ गते २१:३२

पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ। शनिबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिकाको चोके खोलामा पहिरो खस्दा सडक अवरुद्ध भएको हो। प्राप्त जानकारी अनुसार राती ८ बजे सम्म पनि निरन्तर पहिरो खसीरहेको छ । मुग्लिनबाट नारायणगढतर्फ तीन किलोमिटरको दुरीमा उक्त स्थानमा पहिरो खसेकै कारण आज यातायात सञ्चालन हुने सम्भावना न्यून रहेको ट्राफिक प्रहरीले जनाएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धर्म अधिकारीका अनुसार ठूलो पहिरो खसेका कारण आज पहिरो हटाउन असम्भव जस्तै छ ।
सवारीसाधनहरु मुग्लिन र जुगेडीमा नै रोकिएका छन्।

तपाइँको प्रतिक्रिया