शुक्रबार, माघ १३, २०७९

कार्यकर्ताबीच झडप, ६ घाइते, प्रहरीद्वारा हवाई फायर

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २३ गते १८:१२

चुनावी प्रचारप्रसारका क्रममा बाजुराको बुढीनन्दा नगरपालिका– ९ मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीका कार्यकर्ताबीच झडप भएको छ ।
कुकुरलाई जिस्काएको भन्दै कांग्रेसका कार्यकर्ताले एकीकृत समाजवादीका कार्यकर्ताहरुमाथि कुटपिट गरेका थिए ।
कांग्रेस कार्यकर्ताका कुटाईबाट घाइते नेकपा एसका कार्यकर्ताहरुले प्रहरी समक्ष पुगेका छन् ।
दुबे पक्षलाई प्रहरीले मेलमिलाप गराउने कोसीस गरीरहँदा प्रहरी चौकीमा भएको झगडालाई साम्य पार्न हवाई फायर समेत भएको छ ।
झडपमा ३ जना प्रहरीसहित कांग्रेसका केही कार्यकर्ताहरु घाइते भएको प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया