मंगलबार, माघ १७, २०७९

सर्वोच्चको आदेश : अफताव आलमलाई तत्काल थुनामुक्त नगर्नु

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २३ गते १८:०४

सर्वोच्च अदालतले विस्फोटक पदार्थ प्रयोग गरी ज्यान मार्ने उद्योग अन्तर्गत थुनामा रहेका काँग्रेस नेता मोहम्मद आफताब आलमलाई तत्काल थुनामुक्त नगर्न आदेश दिएको छ। २०७० सालको निर्वाचन बेला १७ जना मजुदरलाई इँटा भट्टामा राखेर मारेको अभियोगका थुनामा रहेका कांग्रेस नेता मोहम्मद अफताब आलमले थुनाबाहिर बसेर मुद्दा लड्न पाउँ भन्दै पेश गरेको निवेदलाई सर्वोच्चले अस्वीकार गरेको हो ।

न्यायाधीश सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा शुक्रवार भएको अन्तिम सुनुवाइपछि आलमलाई थुनामुक्त गर्दा पीडितमाथि अपूरणीय क्षति हुने भन्दै उनलाई थुनामै राख्न आदेश भएको हो ।

आलमले कोभिड –१९ को महामारीको समयमा जेलभित्र सङ्क्रमणको जोखिम भएको उल्लेख गर्दै गत २०७७ भदौ ३१ मा रिहाईको माग गर्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

तपाइँको प्रतिक्रिया