बिहीबार, माघ २६, २०७९

काठमाण्डौ र भरतपुरमा जसरी पनि महिला उम्मेदवार लाई जिताउँ : प्रधानमन्त्री शेरबहादुर देउवा

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २३ गते १८:००

नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले छ मध्ये दुई महानगरको मेयरमा महिला उम्मेदवार उठेकोले दुबै जनालाई जिताउन आग्रह गरेका छन् ।

भरतपुरको मेयरमा रेनु दाहाललाई र काठमाडौंको मेयरमा सिर्जना सिंहलाई जिताउन उनले आग्रह गरेका हुन्।

सत्तागठबन्धनले आज काठमाडौंमा गरेको चुनावी सभामा बोल्दै देउवाले महिलालाई मेयरमा जिताउन आग्रह गरेका थिए।

उपत्यका बाहिरका केही नगरपालिकाहरुले फोहोर व्यवस्थापन गरेर ग्यास उत्पादन गरी रहेको स्मरण गराउँदै सृजना सिंहले मेयरमा विजय हाँसील गरेमा केहीदीन भित्र काठमाण्डौको फोहोर लाई पनि त्यसरीनै व्यवस्थापन गर्ने बताए ।

तपाइँको प्रतिक्रिया