मंगलबार, माघ २४, २०७९

निर्वाचन हुनुभन्दा ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमानाका बन्द गर्न सरकारलाई आयोगको अनुरोध

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २३ गते १४:१५

निर्वाचन आयोगले मतदानको दिनको ४८ घण्टा अगाडिदेखि अन्तर्राष्ट्रिय सीमा बन्द गर्न नेपाल सरकारलाई आग्रह गर्ने भएको छ ।

बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको व्यवस्थापकीय कार्यलाई थप स्वच्छ, स्वतन्त्र, निष्पक्ष, सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गराउन मतदानको दिनको ४८ घण्टा अगाडिदेखि मतदान नसकिँदासम्मका लागि सबै अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न सरकारलाई लेखी पठाउने आयोगले जानकारी दिएको छ ।
आयोगको बिहीवारको बैठकले बैशाख २७ गते मंगलवार राति १२ बजेदेखि अन्तर्राष्ट्रिय सीमाबाट हुने आवतजावत बन्द गर्न र मतदान हुने दिन आन्तरिकरुपमा सञ्चालन हुने सबै प्रकारका यातायात बन्द गर्न नेपाल सरकार गृह मन्त्रालयलाई लेखी पठाउने निर्णय गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

तपाइँको प्रतिक्रिया