शुक्रबार, माघ १३, २०७९

आईजीपी नियुक्तिविरुद्धको रिटमा सकियो बहस, आजै आदेश आउने

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २२ गते १४:३७

सरकारले नेपाल प्रहरीको संगठनमा आईजीपी नियुक्तिमा असन्तुष्ट बनेका एआईजी विश्वराज पोखरेलले दर्ता गरेको रिटको सुनुवाई सकिएको छ। सोमबार रिट दर्ता गरेकोमा न्यायाधिश सुष्मालता माथेमाको इजलासमा बुधबार पेशी तोकिएको थियो। बुधबार हेर्दाहेर्दैमा सुनुवाई सकिएको बहस आज केही बेर बसेर सकिएको हो।

अदालत प्रशासनका अनुसार बहस सकिएसँगै आदेश तयार गर्ने कार्य जारी रहेको बताइएको छ । रिटउपर आजै आदेश आउने पनि प्रशासनले जनाएको छ।

रिटमा पोखरेलले नवनियुक्त आईजीपी धिरज प्रताप सिंह आफुभन्दा जुनियर रहेकाले आफु आईजीपी हुनुपर्ने आग राखेका छन्।

तपाइँको प्रतिक्रिया