आइतबार, असोज १६, २०७९

नेपालले जिम्बावे ए माथि ८ विकेटको जित

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २१ गते १७:४८

नेपालले जिम्बावे ए माथि ८ विकेटको जित निकालेको छ।

१ सय ३७ रनको मध्यम लक्ष्य पछ्याएको नेपालले १५ ओभर ५ बलमा मात्र २ विकेट गुमाउँदै पुरा गरेको छ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ८७ रन बनाए। ३४ बलमा ८ चौकासहित अर्धसतक पुरा गरेका उनले ५४ बलमा १३ चौका र १ छक्का प्रहार गर्दै नटआउट रहे।

पहिलो विकेटका लागि आसिफ र कुशल भुर्तेलले ९.३ ओभरमा ८८ रनको साझेदारी गरेका थिए।

कुशल भुर्तेल २६ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा बोल्ड भए र क्रिजमा आएका बसिर अहमदले १५ बलमा १० रन बनाए।

त्यसअघि टस हारेर टियु मैदानमा ब्याटिङ गरेको जिम्बावे ए ले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ३६ रन बनायो।

तपाइँको प्रतिक्रिया