बिहीबार, माघ २६, २०७९

काभ्रेमा बस र सुमो ठोक्किँदा ५ जनाको मृत्यु, १८ जना घाइते

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २१ गते १७:४०

काभ्रेको रोशी गाउँपालिका–११ मा तीर्थ यात्रु सवार बस र जीप ठोक्किँदा ५ जनाको मृत्यु भएको छ ।

वुधबार वीपी राजमार्ग अन्तर्गत काठमाडौँबाट भारत तर्फ जाँदै गरेको तीर्थ यात्रु सवार बस र सिन्धुलीबाट काठमाडौँ तर्फ आइरहेको जीप एक आपसमा ठोक्किंदा ५ जनाको मृत्यु भएको हो ।
दुर्घटनामा परेर मृत्यु हुनेमा सिन्धुलीका ३० वर्षीय विक्रम श्रेष्ठ, सिन्धुलीकै ४५ वर्षीय हरि बहादुर बल, काभ्रे सुनकोशी गाउँपालिकाका ४४ वर्षीय प्रमिला नेपाली, रामेछाप खाँडदेवीकी ३० वर्षीय सम्झना भुसाल र उनको ६ वर्षीय छोरा संगित भुसाल रहेका छन् ।

तपाइँको प्रतिक्रिया