शुक्रबार, माघ १३, २०७९

विमानस्थल सुचारू शंकास्पद बस्तु भएको हल्ला भए पनि केही भेटिएन

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २१ गते ११:४९

बुधबार करिब साढे १० बजे विमानस्थलस्थित नागरिक उड्डयन प्राधिकरणको कार्यालयमा एक अपरिचित व्यक्तिले फोन गरेर आन्तरिक विमानस्थलको यात्रु प्रतिक्षालयमा बम रहेको बताएका थिए।
त्यसलगत्तै सुरक्षा निकायले उच्च सतर्कता अपनाउँदै सबै यात्रुलाई बाहिर निकालेर सर्च अपरेसन सुरू गरेको थियो।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सबै स्थानमा जाँच गरिसकेको र शंकास्पद वस्तु नभेटिएपछि आन्तरिक उडान सुरू गर्ने तयारी गरिएको हो।

विमानस्थल सुरक्षा प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले यात्रुलाई विमानस्थलको आगमन कक्षमा प्रवेश अनुमति दिइसकिएको र केहीबेरमा उडान सुचारू गरिने सेतोपाटीलाई बताए।

तपाइँको प्रतिक्रिया