चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली झापामा
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २० गते १८:०३
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् ।
वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनका लागि भइरहेको वृहत चुनावी सभालाई सम्बोधन गर्न अध्यक्ष ओली मंगलबार विहान झापा पुगेका हुन् ।
उनले विभिन्न स्थानका चुनावी आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।