मंगलबार, माघ २४, २०७९

यस्तो छ तीन सय ५३ जना निर्विरोध निर्वाचित हुँदा विभिन्न पार्टीको अवस्था

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख २० गते १२:४०

स्थानीय चुनावमा उम्मेदवारी दिएकामध्ये हालसम्म तीन सय ५३ जना निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन आयोगले विभिन्न पदमा गरी सोमबारसम्म तीन सय ५३ जना निर्विरोध भएको बताएको छ।

नेकपा एमाले

नेकपा एमालेले एक अध्यक्ष निर्विरोध जितेको छ भने दुई उपाध्यक्ष जितेको छ। १४ जना वडाध्यक्ष, २६ जना वडा सदस्य, २३ जना महिला सदस्य र ५७ जना दलित महिला सदस्यले जितेका छन्।

नेपाली कांग्रेस

कांग्रेसले एक उपाध्यक्ष निर्विरोध जितेको छ। यस्तै १४ वडाध्यक्ष, ३१ वडा सदस्य, १५ महिला सदस्य र ४० दलित महिला सदस्य जितेको छ।

नेकपा माओवादी केन्द्र

नेकपा माओवादी केन्द्रका तीन वडाध्यक्ष निर्विरोध भएका छन्। पाँच वडा सदस्य, सात महिला सदस्य र ३९ जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

नेकपा एकीकृत समाजवादी

नेकपा एकीकृत समाजवादीले दुई गाउँपालिका अध्यक्ष जितेको छ। एक उपाध्यक्ष निर्विरोध भएको छ। छ जना वडाध्यक्ष, १२ जना सदस्य, सात महिला सदस्य र ६ दलित महिला सदस्य निर्विरोध भएका छन्।

राप्रपा

राप्रपाबाट दुई जना वडा सदस्य निर्विरोध भएका छन्।

स्वतन्त्र

स्वतन्त्रबाट ६ जना वडाध्यक्ष निर्विरोध भएका छन्। १६ जना वडा सदस्य निर्विरोध भए भने ८ जना महिला सदस्य निर्विरोध भएका छन्। स्वतन्त्रबाट चार जना दलित महिला सदस्य निर्विरोध भएका छन्।

साथै राष्ट्रिय जनमुक्ति पार्टीबाट एक जना महिला वडा सदस्य निर्विरोध भएकी छन्। लोकतान्त्रिक समाजवादी पार्टीबाट एक दलित महिला सदस्य, जनता समाजवादी पार्टी एक दलित महिला सदस्य, नेपाल मजदुर किसान पार्टीबाट दुई दलित महिला सदस्य निर्विरोध भएका छन्।

तपाइँको प्रतिक्रिया