एमालेमै फर्किए नेकपा एसका स्याङजा जिल्ला सचिवसहितका नेताहरु
नेकपा एकीकृत समाजवादी स्याङजाका सचिवसहितका नेताहरु नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।
सचिव टिकाराम नेपालीसहित आधा दर्जन बढी नेताहरु एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङले एमाले प्रवेश गराएका थिए ।
नेपालीसँगै अनेरास्ववियूका केन्द्रिय उपमहासचिव मेघनाथ चापागाईं, प्रदेश सदस्य नेत्रबहादुर थापा, जिल्ला सचिवालय सदस्य मनोज बराल लगायत एमाले प्रवेश गरेका छन् ।
एमालेमा फर्किँदै उनीहरुले माधव नेपालको भ्रममा परेर बाटो बिराएको बताएका छन् ।
एमालेमा फर्कनेहरुमा नेकपा एसका स्याङ्जा जिल्ला कमिटी सदस्यहरु मिलन सुबेदी र दिपक नेपाली, एस निकट युबा संघका केन्द्रीय सदस्य बरुण चौधरी, युबा संघ नेपाल चापाकोट नगर कमिटी अध्यक्ष कमल परियार , सचिब बुद्धिमान श्रेष्ठ, युबा संघ चापाकोट वडा न ९ का अध्यक्ष संगम कुमाल नेपाली कांग्रेस स्याङ्जाका क्रियाशील सदस्य दीपक नेपाली लगायत छन् ।