शुक्रबार, माघ १३, २०७९

‘एक जिल्ला, एक बहिरा विद्यालय को माग

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १९ गते १७:३२

राष्ट्रिय बहिरा महासङ्घ नेपालले बहिरा नागरिकलाई गुणस्तरीय शिक्षाको लागि ‘एक जिल्ला, एक बहिरा विद्यालय’ को व्यवस्था गर्नुपर्ने माग गरेको छ । महासङ्घद्धारा यहाँ आज आयोजित ‘अपाङ्गता भएका व्यक्तिको सूचना तथा सञ्चारमा पहुँचका अवस्था लेखाजोखा रुजुसूचिमाथिको छलफल’ कार्यक्रममा महासङ्घका महासचिव सन्तोष केसीले सांकेतिक भाषाका शब्दहरु चार हजार ७०० मात्रै रहेकोले सांकेतिक भाषाको विकास गर्न सांकेतिक भाषा अनुसन्धान केन्द्रको स्थापना गर्न सरकार समक्ष आग्रह गरे ।

त्यसैगरी महासङ्घले ७५३ वटै स्थानीय तहमा दोभाषेको व्ष्वस्था र हरेक सार्वजनिक कार्यालयमा दोभाषेको व्यवस्था गर्नुपर्ने र त्यसको लागि दोभाषे उत्पादन गर्न तालिम केन्द्रको स्थापना गर्नुपर्ने, बहिरा नागरिकको सिप, क्षमता र आवश्यकताको आधारमा रोजगारीको व्यवस्था गर्नुपर्नेसमेत माग गरेको छ ।

महासङ्घले नेपालमा अपाङ्गता भएका व्यक्तिहरुको सूचना र सञ्चारमा अवरोधहरु (सरकारी कार्यालय, नीजी क्षेत्र, सार्वजनिक स्थल) मा के–के छन, कसरी पहँचयुक्त बनाउन सकिन्छ भन्ने विषयमा रुजुसूची निर्माण गरी अध्ययन गर्ने भएको छ ।

तपाइँको प्रतिक्रिया