जिम्बावे ‘ए’लाई नेपालले दियो १८२ रनको लक्ष्य
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १८ गते १६:२७
त्रिवि क्रिकेट मैदानमा भएको टी–ट्वान्टी अभ्यास सिरिजको पहिलो खेलमा नेपाली राष्ट्रिय क्रिकेट टोलीले जिम्बावे‘ए’ लाई १८२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८१ रन बनाएको हो ।
नेपालका लागि आदिल अन्सारीले सर्वाधिक ४७ रन ल्याए । ओपनर कुशल भुर्तेलले ३१ बलमा ८ चौकासहित ४६ रन बनाए । उनले आसिफ शेखसँग पहिलो विकेटका लागि २७ रनकाले साझेदारी गरेका थिए । आसिफले ९ रन बनाए भने रोहितकुमारले ३६ रन बनाए ।
रोहितकुमार र दीपेन्द्रसिंहले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गरे। आदीलले २७ बलमा चार चौका र तीन छक्कासहित अविजित ४७ रन बनाए । करण केसी ९ रन अविजित रहे ।