शुक्रबार, माघ १३, २०७९

बालुवाटारमा आइजिपी नियुक्तिलगायत विषयमा निर्णय गर्न मन्त्रिपरिषद बैठक बस्दै

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १८ गते ११:०२

आज (आईतवार) मन्त्री परिषद्को बैठक बस्ने भएको छ । बिहान ११ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बस्न लागेको हो ।

बैठकले नेपाल प्रहरी र सशस्त्र प्रहरीमा प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने बताइएको छ ।

दुवै संगठनको नेतृत्व आजबाट अनिवार्य अवकाशमा जान लागेकोले सरकारले यसको निर्णय गर्न लागेको हो ।

नेपाल प्रहरीका महानिरीक्षक शैलेश थापा क्षेत्रीसहितका उच्च अधिकारीहरु र सशस्त्र प्रहरी बलका आईजीपी पुष्पराम केसी आजबाट अनिवार्य अवकाशमा जाँदै हुनुहुन्छ ।

तपाइँको प्रतिक्रिया