शनिबार, माघ २१, २०७९

धनगढीका गोपाल हमालले पाए ‘आँप’ चुनाव चिन्ह

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १७ गते १२:५०

धनगढी उपमहानगरका मेयरका उम्मेदवार गोपाल हमालले ‘आँप’ चुनाव चिन्ह पाएका छन्।

मुख्य निर्वाचन अधिकृत जयानन्द पनेरूले उनलाई ‘आँप’ चुनाव चिन्ह वितरण गरेको बताएका हुन्।

हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढंगले मेयर उठेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर वडसँग उनी पराजित भए।

त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।

तपाइँको प्रतिक्रिया