बालेन को चुनाव चिन्ह “लौरो”
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १७ गते १२:३३
काठमाडौंको मेयर पदका लागि स्वतन्त्र उम्मेदवारी दिएका युवा बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका छन्।
निर्वाचन आयोगको तालिकाअनुसार चिन्ह लिन शनिबार मध्यान्ह काठमाडौंको सभागृहस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका बालेन शाहले “लौरो” चुनाव चिन्ह पाएका हुन्।
चिन्ह लिन उनका समर्थकहरू पनि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए।