शनिबार, माघ २१, २०७९

रेणु दाहाललाई चुनाब जित्न मुस्किल

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १६ गते १८:४६

भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलले उम्मेदवारी फिर्ता लिएनन् ।

शुक्रबार साँझ ५ बजेसम्म उम्मेदवारी फिर्ताका निर्वाचन आयोगले तोकेको समयभित्र पौडेलले आफ्नो उम्मेदवारी कायम राखेका छन् ।

सत्तारुढ गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाल दोस्रो कार्यकालका लागि मेयरमा उठेकी छन् । उनलाई जिताउन प्रचण्डले कांग्रेसका सभापति शेरबहादुर देउवालाई दवाव दिएपछि पौडेललाई फकाउन गृहमन्त्री बालकृष्णा खाण र राज्यमन्त्री उमेश श्रेष्ठ लागेका थिए ।

तर पौडेलले उम्मेदवारी फिर्ता लिन अस्वीकार गरेका छन् ।

अब कांग्रेसको विधान अनुसार अब पौडेलसहित प्रस्ताव र समर्थक कांग्रेसबाट स्वतः निष्कासित भएका छन् ।

कांग्रेस विधानको दफा ४ को १३ को ग अनुसार पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मीना खरेल कांग्रेसबाट स्वतः निष्कासित भएका हुन् ।

कांग्रेसले शुक्रबार एक विज्ञप्ति जारी गरी आज ५ बजेसम्म उम्मेदवारी फिर्ता नलिए स्वतः पार्टीबाट साधारण सदस्य समेत नरहने गरी निष्काशित हुने जनाएको थियो ।

पौडेलले आफ्नो उम्मेदवारी कायम राखेसँगै अब गठबन्धनकी मेयरकी उम्मेदवार दाहाललाई जित्न मुस्किल हुने स्थानीयहरु बताउँछन् ।

भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल राष्ट्रियसभाका पूर्वसदस्य हुन् ।

तपाइँको प्रतिक्रिया