शनिबार, माघ २१, २०७९

आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १५ गते २२:१९

आन्तरिक वायुसेवा कम्पनीले भोलि रातिदेखि उडान बन्द गर्ने चेतावनी दिएका छन् ।

१८ घन्टा विमानस्थल सञ्चालन गर्न भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ तालिका र स्लट सार्वजनिक गरेपछि वायुसेवा सञ्चालक सङ्घ नेपालले त्यसलाई कार्यान्वयन नगर्ने र जबरजस्ती गरिए भोलिदेखि सबै उडान बन्द गर्ने चेतावनी दिएको हो ।

क्यानले हिजो वैशाख १४ गते पत्र काट्दै हवाई कम्पनीहरुलाई १५ गतेदेखि नियमित दैनिक १८ घण्टा, रात्रिकालीन सेवा समेत हुने गरी उडान सेवा सञ्चालन गर्न उडान सम्बन्धि नयाँ स्लट पठाएको थियो । उक्त स्लटप्रति आपत्ति जनाउँदै संघमा आवद्ध वायुसेवा कम्पनीहरु बुद्ध एयर, यति एयरलाइन्स, श्री एयरलाइन्स, सौर्य एयरलाइन्स र गुण एयरलाइन्सले उक्त निर्णय तत्काल सच्याउन र यसअघिको वैशाख ३ गतेकै उडान स्लट कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

तपाइँको प्रतिक्रिया