शनिबार, माघ २१, २०७९

नेकपा एस मकवानपुरका अध्यक्ष पोखरेलद्वारा मेयर पद नपाएपछि पार्टी त्याग

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १४ गते २१:०३

नेकपा एकीकृत समाजवादी पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले पार्टी परित्याग गरेका छन् । हेटौंडा उपमहानगरपालिकाको मेयर पद आफूले नपाएपछि पार्टी परित्याग गरेको बताएका छन् ।

उनले हेटौंडामा एक पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीको साधारण सदस्यसमेत नरहने र स्वतन्त्र बस्ने घोषणा गरेका हुन् ।

उनले स्थानीय तह निर्वाचनमा भएको गठबन्धन र टिकट वितरणको विषयमा पार्टीले चालेको कदमको विरोध गर्दै पार्टी परित्यागको घोषणा गरेका हुन् ।

तपाइँको प्रतिक्रिया