जेठ १ बाट सातामा दुई दिन विदा दिने सरकारको निर्णय
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १४ गते २०:४५
सरकारले हप्तामा शनिबार र आइतबार दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यो निर्णय जेठ १ गतेदेखि लागू हुनेछ ।
कार्यालय समय भने बढाएर बिहान ९ः३० बजेदेखि र साँझ ५ः३० बजेसम्म तोकिएको सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
मुलुकको अर्थतन्त्र संकटग्रस्त हुन थालेको भन्दै सरकारले बिदाको समय बढाएको हो ।
विदेशी मुद्रा सञ्चिती घट्दो र शोधनान्तर घाटा बढ्दो स्थिति गएको भन्दै सरकारले सार्वजनिक बिदाको समय बढाएको हो । यसअघि पेट्रोलियम पदार्थको आयात घटाउन सरकारी इन्धनमा २० प्रतिशतले कटौती गरेको थियो ।
त्यस्तै विदेशी विनिमय सञ्चिति बढाउन सरकारले विभिन्न १० वटा वस्तुमाथि पूर्ण रूपमा बन्देज लगाउने निर्णय गरेको थियो ।