मंगलबार, माघ २४, २०७९

कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति मल्ल पार्टीबाट निष्कासित

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १३ गते २२:१६

नेपाली कांग्रेस डडेल्धुराका निवर्तमान जिल्ला सभापति एवं प्रदेश सदस्य कर्णबहादुर मल्ललाई पार्टीले निष्कासन गरेको छ ।

उनले अलग पार्टी नेपाली कांग्रेस वीपीबाट उम्मेदवार तय गर्दै स्थानीय तह चुनावमा डडेलधुरामा नेकपा एमालेसँग चुनावी गठबन्धन गरेका थिए ।

पार्टीको विधान २०१७ (संशोधन सहित) विपरितका गतिविधि मल्लबाट भएकाले सदस्यसमेत नरहनेगरी हटाइएको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन् ।

पार्टी सभापति शेर बहादुर देउवाकै गृहजिल्लामा मल्लले कांग्रेस विरुद्ध बागी उम्मेदवार उठाएर एमालेसँग चुनावी तालमेल गरेका हुन् । उनकै पहलमा त्यहाँ एमालेलाई ४ र कांग्रेस विपीलाई ३ पालिका मिलेको छ ।

तपाइँको प्रतिक्रिया