नार्पाभूमि गाउँपालिका उपाध्यक्षमा लामा निर्विरोध
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १३ गते २२:१२
मनाङको नार्पाभूमि गाउँपालिकाको उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार मिङमर फुन्चो लामा निर्विरोध भएका छन् ।
निर्वाचन आयोगले सोमबारसम्म दिएको मनोनयन दर्ताको निर्धारित समय अवधिमा उपाध्यक्षमा लामाको मात्रै एकल उम्मेदवारी दर्ता भएसँगै उनी निर्विरोध भएका हुन् ।
यसअघि पनि डोल्पा, ताप्लेजुङ, रसुवालगायतका जिल्लाका केही स्थानीय तहमा एमालेका उम्मेदवारहरु निर्विरोध भएका छन् ।