आइतबार, असोज १६, २०७९

साताको दुई दिन रञ्जना सिनेप्लेक्समा १७५ रुपैयाँमा फिल्म हेर्न सकिने

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १३ गते २२:०९

न्युरोडस्थित रञ्जना सिनेप्लेक्सले साताको दुई दिन १७५ रुपैयाँमै टिकट उपलब्ध गराउने भएको छ ।

प्रत्येक बुधबार र बिहीबार उक्त मूल्यमा दर्शकले प्रदर्शन भइरहेका जुनसुकै फिल्म हेर्न पाउने भएका छन् । ‘दर्शकहरुको सुविधालाई ध्यानमा राख्दै यस्तो सुविधा ल्याएका हौं,’ प्रबन्धक विनोद पौडेलले अनलाइनखबरसँग भने । अघिपछि भने टिकटको मूल्य ३५० रुपैयाँ कायमै छ ।

गत चैत ११ देखि पुनः सञ्चालनमा आएको हलमा अहिले ‘केजीएफ च्याप्टर २’ र ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेका छन् । मल निर्माण गर्न भन्दै २०६५ साल भदौमा बन्द गरिएको रञ्जना हल तेलुगू फिल्म ‘आरआरआर’को प्रदर्शनसँगै पुनः सञ्चालनमा आएको थियो ।

पुनः सञ्चालनमा आएसँगै हलमा दर्शकको घुइँचो लागेको थियो । ‘केजीएफ-२’ र ‘आरआरआर’ले उक्त हलबाट राम्रो कमाइ समेत गरेका छन् ।

तपाइँको प्रतिक्रिया