मंगलबार, माघ २४, २०७९

काठमाडौं महानगरपालिकाको मेयरमा नेकपा (एमाले) बाट स्थापित र उपमेयरमा डंगोलद्वारा उम्मेदवारी दर्ता

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते १५:३२

काठमाडौं महानगरपालिकाको मेयर पदमा एमालेबाट केशव स्थापितले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा सुनिता डंगोलले उम्मेदवारी दर्ता गराएकी छन् । उनीहरुले काठमाडौंको राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।

स्थापित काठमाडौंका पूर्व मेयर समेत हुन् भने हाल बागमती प्रदेशसभा सदस्य रहेका उनी सो पदबाट राजीनामा दिएर अर्को कार्यकालका लागि उम्मेदवारी दिएका हुन् । यस्तै डंगोल पूर्व मिस नेवा हुन् ।

तपाइँको प्रतिक्रिया