शुक्रबार, माघ १३, २०७९

प्रदेशसभाबाट राजीनामा दिएर पोखरामा एमालेका कृष्ण थापाले मेयरमा उम्मेदवारी दर्ता

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते ११:४७

नेकपा एमालेबाट पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका लागि कृष्ण थापाले प्रदेशसभाबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गराउन लागेको बताएका छन् ।

यसअघि एमालेले दीपक पोडेललाई मेयरमा उठाउने भएसँगै चौतर्फी विरोध र आलोचना भएपछि सोमबार उनीबाट टिकट खोसेर थापालाई मेयरमा उठाउने निर्णय गरेको हो ।

थापाले आफूले टिकट पाएको र प्रदेशसभाबाट राजीनामा दिएर मेयरको उम्मेदवारी दर्ताको तयारी गरेको बताएका छन् ।

तपाइँको प्रतिक्रिया