शुक्रबार, माघ १३, २०७९

सूर्यलाई सिध्याउन खोज्ने हनुमानहरुको थुतुनो सूर्यबाटै जल्यो : केपी शर्मा ओली

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १२ गते ११:४१

नेकपा (एमाले) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सूर्यलाई सिध्याउन खोज्नेहरुको थुतुनो जलिरहेको टिप्पणी गर्नुभएको छ ।

पार्टी कमिटीहरुमा सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले हनुमानले सूर्यलाई रोटी भनेर खान खोज्दा थुतुनो डढेजस्तै एमालेको सूर्य सिध्याउन खोज्नेको अहिलेको हालत त्यही भएको बताउनुभयो ।

यस्तै, ओलीले आफूलाई प्रचण्ड–माधव समूहले फौजदारी अभियोगको १९ पृष्ठ लामो आरोपपत्र दर्ता गरेर पार्टी अध्यक्ष, प्रधानमन्त्री सबै पदबाट हटाएर थुन्नेसम्मको षड्यन्त्र गरेको आरोप लगाउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले प्रति व्यापक जनआकर्षण बढेका कारण अब कसैले रोक्न नसक्ने दावी गर्नुभयो ।

उहाँले भन्नुभयो अब एमाले नेपालमा आयो, आयो, कसैले रोक्न र छेक्न सक्दैन ।

तपाइँको प्रतिक्रिया