शुक्रबार, माघ १३, २०७९

काठमाडौँको मेयरमा केशव स्थापित र उपमेयरमा सुनिता डंगोललाई उठाउने एमालेको निर्णय

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख १० गते २१:४९

पार्टी अध्यक्ष केपी ओली निवास बालकोटमा शनिबार बसेको सचिवालय बैठकले नेकपा एमालेले काठमाडौं महानगरपालिकामा केशव स्थापितलाई मेयरको उम्मेदवार बनाउने भएको छ।
२०५४ सालमा मेयर जितेका स्थापितलाई एमालेले यसपालि फेरि अघि सारेको हो।
उक्त निर्णय गरेको हो। स्थापित अहिले बागमती प्रदेश सांसद छन्। उनी बागमती प्रदेशका पूर्व भौतिक मन्त्रीसमेत हुन्।
त्यस्तै, एमालेले उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। उनी पूर्व मिस नेवा हुन्। यसअघि डंगोलले स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दिने घोषणा गरेकी थिइन्।

तपाइँको प्रतिक्रिया