गभर्नर अधिकारीको पक्षमा सर्वोच्चको अन्तरिम आदेश
फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ६ गते २१:२१
सर्वोच्च अदालतले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध कुनै कारवाही नगर्न अन्तरिम आदेश जारी गरेको छ ।
अदालतले गभर्नर अधिकारीलाई हटाउन सरकारले गरेको निलम्बनको कारबाही तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
मंगलबार न्यायाधीश हरि फुयालको एकल इजलासमा भएको सुनुवाइपछि यस्तो आदेश भएको हो ।
गभर्नर अधिकारीलाई नहटाउन र पदमा रहेर काम गर्न दिन आदेश सर्वोच्चले आदेश गरेको हो ।
अधिकारीको पक्षबाट वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, शम्भु थापा, राधेश्याम अधिकारी, हरिहर दाहाललगायतले बहस गरेका थिए ।
अदालतले वैशाख १३ गते दुवै पक्षलाई झिकाएर छलफल गर्न समय दिएको छ ।