शुक्रबार, माघ १३, २०७९

लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमालेमा प्रवेश

फ्ल्यासन्युज नेपाल२०७९ वैशाख ६ गते १२:२०

लोकतान्त्रिक समाजवादी पार्टी लोसपा परित्याग गरी मेयरका उम्मेदवार नेकपा एमाले प्रवेश गरेका छन् । जनकपुरधाम वार्ड न ७ का वड़ा अध्यक्षसमेत रहेका जानकिराम साह मंगलबार लोसपा परित्याग गरी विधिवत रुपमा नेपाल कम्युनिस्ट पार्टी एमालेमा प्रवेश गरेका हुन्।

पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई टिका र खादा लगाई पार्टी प्रवेश गराएका छन् ।

जनकपुरमा मधेशवादी दलहरुप्रति असन्तुष्टि जनाउँदै पछिल्लो चरणमा मधेश आन्दोलनका अगुवा युवाहरु एमाले प्रवेश गरिसकेका छन्।

तपाइँको प्रतिक्रिया