शनिबार, माघ २१, २०७९

राप्रपालाई असफल हुने छुट छैन : अध्यक्ष राजेन्द्र लिङ्देन

फ्ल्यासन्युज नेपाल२०७८ चैत २७ गते २१:०६

राप्रपा मकवानपुरले हेटौंडामा आयोजना गरेको आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपालाई असफल हुने छुट नभएको बताएका छन् । लिङ्देनले अन्य राजनीतिक दललाई असफल हुने छुट भएपनि राप्रपालाई छुट नभएको बताएका हुन् । उनले देश आर्थिक चपेटामा परेको बेला अहिले सत्तामा रहेका राजनीतिक दलले देशलाई संकटबाट जोगाउन कुनै योजना नबनाएको आरोप लगाए ।

‘पटक पटकको आन्दोलन तथा झुटा भाषणबाट ल्याएको व्यवस्था परिवर्तन भयो तर नेपाली जनताको अवस्था परिवर्तन भएन,’ सीमित नेताहरुले गर्दा देश बेरोजगार उत्पादन गर्ने कारखानामा परिवर्तन भएको उनले आरोप लगाए । अहिले देशको कुनै पनि वर्ग खुशी नभएको बताउँदै लिङ्देनले देशका पचासौं लाख युवा वैदेशिक रोजगारमा जानु दुखदायी भएको बताए ।

तपाइँको प्रतिक्रिया