मंगलबार, माघ २४, २०७९

गभर्नरलाई ‘बलिको बोको’ बनाइयो : केपी ओली

फ्ल्यासन्युज नेपाल२०७८ चैत २६ गते २१:०८

शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका अध्यक्ष केपी ओलीले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गर्नु गलन भएको बताएका छन् । उनले अर्थतन्त्र बिगार्ने मान्छे अर्कै भएको तर गभर्नरलाई अर्थतन्त्र बिगारेको आरोप लगाएर निकाल्नु भनेको ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो’ भन्ने उखान जस्तै भएको प्रतिक्रिया दिएका हुन् ।

अध्यक्ष ओलीले अर्थतन्त्र बुझेको मान्छेलाई बलिको बोका बनाएको बताए । ‘थुतुनाभरी रौं भएको मुसाले धान खायो, एउटै रौं नभएको भ्यागुतालाई कारबाही भयो’ उनले भने, ‘धान खाने मुसो चोट पाउने भ्यागुतो जस्तै भयो यो त ।’
उनले निलम्बित गभर्नर अधिकारी अर्थतन्त्र जोगाउनका लागि प्रयासरत रहेको जिकिर गरे । ‘सरकारले गभर्नरलाई कारबाही गर्‍यो रे। जसले अर्थतन्त्र जोगाउनका लागि केही प्रयास गर्दै थिए,’ अध्यक्ष ओलीले भने, ‘राष्ट्र सेवक, एउटा अर्थशास्त्री, अर्थतन्त्र बुझेका मान्छेलाई बलिको बोको बनाइयो ।’

तपाइँको प्रतिक्रिया