शनिबार, माघ २१, २०७९

प्रचण्ड–माधव कम्युनिस्ट आन्दोलन ध्वस्त बनाउन जन्मेका हुन् : अध्यक्ष केपी शर्मा ओली

फ्ल्यासन्युज नेपाल२०७८ चैत २६ गते २०:३८

नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा(एमाले)को पक्षमा देशभर जनलहर देखिएको बताउनुभएको छ । नेकपा(एमाले) पर्वतले कुस्मा बजारमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले हरेक जिल्ला र बस्तीमा एमालेको पक्षमा बढेको जनलहर देखेर गठबन्धनमा सामेल भएका दलहरू आत्तिन थालेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एसका अध्यक्ष माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त बनाउनै जन्मेको बताउनु भयो ।
तर आफु सकिन्छन्, कम्युनिस्ट आन्दोलन ध्वस्त पार्न सक्दैनन्’, ओलीले भन्नुभयो ।, ‘यहाँ एमाले छ, त्यसैले केही गर्न सक्दैनन् । नेपालमा कम्युनिस्ट आन्दोलनको विजय पनि निश्चित छ ।’

‘एमालेको पक्षमा देखिएको जनलहरले गठबन्धनमा सामेल दलहरूको सातो गएको छ ।’ उहाँले पर्वतमा देखिएको जनलहरले पनि गठबन्धन गरेका दलको सातो गएको हुनुपर्छ भन्नुभयो । ओलीले देशैभर एमाले प्रवेश गर्ने लहर चलेको र घरमा पनि प्रवेश गराउनेका कारण एक छिन फुर्सद नभएको सुनाउनु भयो । पर्वतमा पनि अध्यक्ष ओलीले विभिन्न पार्टीका ५ सय भन्दा बढी नेता कार्यकर्तालाई पार्टी प्रवेश गराउनुभयो । ‘जनप्रतिनिधिहरु नै आफ्नो दल छाडेर एमाले रोजिरहेका छन।’ अध्यक्ष ओलीले भन्नुभयो ‘सबै नेपाली जनताहरू भ्रमबाट मुक्त हुँदै एमालेमा आबद्ध हुने क्रम अझै बढेर जानेछ।

पाँच दलीय गठबन्धनका विरुद्ध एमाले एक्लै काफी भएको चर्चा गर्दै अध्यक्ष ओलीले एमालेलाई अरिङ्गाल भनेर टिप्पणी गर्नेहरूले आगामी चुनावमा अरिङ्गाल के हो भनेर देखाइदिने बताउनुभयो । ‘गठबन्धनले एमालेको गुँड चलाउने प्रयास नगरे हुन्छ।’ उहाँले भन्नुभयो ‘हिजो हामीलाई अरिङ्गाल भन्थे, अरिङ्गाल कस्तो हुन्छ आगामी स्थानीय चुनावमा देखाइदिन्छौँ ।’

तपाइँको प्रतिक्रिया