मंगलबार, माघ १७, २०७९

विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङको कंगोमा मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ चैत २३ गते ११:०७

संयुक्त राष्ट्र संघको शान्ति मिसन अन्तर्गत नेपाली सेनाबाट कंगोमा खटिएका बेला विद्रोहीको आक्रमणमा परी सुर्खेतको गुर्भाकोट–१४ घर भएका सिपाही अनिल गुरुङको कंगोमा मृत्यु भएको नेपाली सेनाको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अपरेसन ‘बाली’को क्रममा प्रमुख सेनानी निकिल कुँवरको कमाण्डमा खटिएको नेपाली शान्ति सेनाको टोलीमाथि मंगलबार विद्रोही मिलिसियाले आक्रमण गर्दा गुरुङ घाइते भएका थिए । उनलाई हेलिकप्टरबाट उद्धार गरी बुनियाँस्थित लेबल–२ अस्पतालमा उपचार गर्न लगिएको र उपचारको क्रममा त्यहीं मृत्यु भएको निर्देशनालयले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

तपाइँको प्रतिक्रिया