पेट्रोल प्रतिलिटर १६०, ग्यास प्रतिसिलिन्डर १६००
फ्ल्यासन्युज नेपाल२०७८ चैत २३ गते १०:११
खाना पकाउने ग्यासकोसहित सरकारले फेरि पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ ।
नेपाल आयल निगमले हिजो मंगलबार राति १२ बजेदेखि नै लागू हुने गरेर पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँको दरले बढाएको हो ।
योसँगै अब पेट्रोलको मूल्य प्रति लिटर १६० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १४३ रुपैयाँ पुगेको छ ।
निगमले यो पटक खाना पकाउने ग्यासको मूल्य पनि प्रतिसिलिण्डर २५ रुपैयाँले बढाएको छ । जस अनुसार यसअघि १ हजार ५७५ रुपैयाँ रहेको खाना पकाउने ग्यासको मूल्य अब प्रतिसिलिण्डर १ हजार ६०० रुपैयाँ पुगेको छ ।
निगमले नोक्सानी बढेको भन्दै इन्धनको मूल्य बढाएको हो । यसअघि निगमले चैत २ गते पेट्रोलियम पदार्थको भाउ बढाएको थियो ।