प्रधानमन्त्री देउवा र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता
फ्ल्यासन्युज नेपाल२०७८ चैत १८ गते १९:३८
तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय विदेशमन्त्री एस जयशंकरबीच नयाँ दिल्लीको होटल आईटीसी मौर्यमा भेट भएको छ ।
५० सदस्यीय टोली लिएर भारत पुगका प्रधानमन्त्री देउवाले भोली भारतीय समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।