मंगलबार, माघ २४, २०७९

जुम्लामा एमाले प्रवेशको लहर

फ्ल्यासन्युज नेपाल२०७८ चैत १८ गते १९:२५

देशैभर नेकपा एमालेका प्रवेश गर्ने लहर बढिरहँदा जुम्लामा पनि त्यस्तै देखिएको छ ।

अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जुम्लाको सिँजा पुगेर हजारौँको संख्यामा अन्य पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्ने नेता कार्यकर्तालाई स्वागत गरे ।

बिहीबार सिँजा गाउँपालिकाको नराकोटमा बिहीबार आयोजित कार्यक्रममा कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीका प्रमुख स्वकीय सचिव कृष्णप्रसाद आचार्य सहित नेकपा माओवादी केन्द्र, नेपाली काग्रेस र माधब नेपाल समाजवादी पार्टीबाट नेता कार्यकर्ता एमाले प्रवेश गरेका हुन् ।

अध्यक्ष ओलीले एमालेप्रति जनताको आकर्षण बढेको बताउँदै देउवा सरकारको दिनगिन्ती सुरु भइसकेको बताए ।

उनले आगामी स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदात गरी समृद्ध नेपाल निर्माणको अभियानमा सहभागी हुन आग्रह पनि गरे ।

‘बाटो र बिजुली बनाउनु छ, देशलाई औद्योगीकरणमा लैजानु छ,’ अध्यक्ष ओलीले भने, ‘स्वास्थ्य र शिक्षा क्षेत्रमा विकास गर्नुछ । जसको नेतृत्व एमालेले मात्र गर्न सक्छ ।’

उनले जुम्लाको विकासबारे आफूले सोचिरहेको बताए । ‘आगामी निर्वाचनपछि नाग्म–रारा जाने सडक पिच बनाएरै देखाउनेछौं,’ उनले भने ‘नजिकै बग्ने हिम नदीबाट के लाभ लिन सकिन्छ भन्नेबारे मेरो गम्भीर चासो छ ।’

तपाइँको प्रतिक्रिया