मंगलबार, माघ २४, २०७९

एमाले नै यो देशको विकास गर्ने पार्टी होः अध्यक्ष ओली

फ्ल्यासन्युज नेपाल२०७८ चैत १६ गते २१:५६

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले मात्रै देश विकास गर्ने पार्टी भएको बताएका छन् ।

उनले अब जनता जागिसेकेको र देश विकास गर्ने र राष्ट्रियता जोगाउने पार्टी एमाले मात्रै भएको प्रमाणित भइसकेको बताए ।

वुधबार भक्तपुरको सूर्यविनायकमा व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गां प्रसाईले सुरु गरेको नेपालकै सबैभन्दा ठूलो कृषि परियोजनाको उद्घाटन गर्दै एमाले अध्यक्ष ओलीले यस्तो बताए हुन् ।

उनले भने, ‘अव जनता जागिसके, एमाले नै यो देशको बिकास गर्ने पार्टी हो, राष्ट्रियता जोगाउने पार्टी हो भन्ने प्रमाणित भइसक्यो, त्यसैले एक्लाएक्लै एमालेसँग लडछु भन्ने कुरा सोच्दै नसोचे हुन्छ, नचिताए हुन्छ ।’

उनले एमालेसँग एक्लै लड्न नसकिने भएरै गठबन्धनको कुरा भइरहेको बताए । ‘गठबन्धन नगरी एमालेसँग लडन सकिन्न भन्ने बुझाइ ठीक छ, गठबन्धन गर्नैपर्छ उनीहरुले, गठबन्धन नगरी संभव छैन,’ पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन गरे पनि एमालेसँग लडन सक्दैनन । यो कुरा चाँहि हामीले बुझाउन बाँकी छ । गठबन्धन गरेर पनि एमालेसँग लडन सकिदैन भन्ने कुरा हामीले ब्यवहारमा साकार पार्नु छ ।’

उनले पाँच दलीय गठबन्धन लोभिापापीपछि टिकेको भन्दै सजिलै परास्त गर्न सकिने बताए । ‘लोभिपापीको गठबन्धन गर्न पनि गाह्रो छ । दुई दिन उम्मेद्वारी मनोननय कहिल्यै भएको थिएन, यस पटक भयो । एकैदिन गर्दा उम्मेद्वारी दर्ता नै गर्न सकिदैन भनेर निर्वाचन आयोगलाई दुरुपयोग गरेर दुई दिन राखेका छन,’ अध्यक्ष ओलीले भने ।

तपाइँको प्रतिक्रिया