बिहीबार, माघ २६, २०७९

एमाले सरकारको विकास देखेर विरोधीहरू छटपटाए : अध्यक्ष केपी शर्मा ओली

फ्ल्यासन्युज नेपाल२०७८ चैत १५ गते २२:२८

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेतृत्वको सरकारले अघि सारेका विकास पूर्वाधार पूर्णबन्दै गएकाले विरोधीहरूलाई छटपटाहट भएको बताएका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले शंकरनगर वन वाटिकामा निर्माण भएको बहुउद्देश्यीय भ्यु टावरको मंगलबार उद्घाटन गर्दै अध्यक्ष ओलीले भने, ‘‘एमालेको सरकार बन्दैनथ्यो भने भ्यूटावर राख्ने सोंच आउँदैनथ्यो, यत्तिको विकास गर्ने सोंच आउने थिएन,’ उनले भने, ‘विकास गर्नुपर्छ हाम्रै पालामा हुनसक्छ भनेर अभियान अघि सारेका छौं, यसले देशको विकासको चिन्तनमै फरक ल्याएको छ।’
ओलीले गठबन्धन सरकारले अव्यवस्थित बसोबासी तथा सुकुम्बासी समस्या समाधान आयोग खारेज गरेर भूमिहीनलाई अलपत्र पारेको आरोप लगाएका छन् ।

तपाइँको प्रतिक्रिया