मंगलबार, माघ २४, २०७९

धनुषामा पाँच जना सवार मोटरसाइकल दुर्घटना हुँदा चार जना नाबालकको मृत्यु

फ्ल्यासन्युज नेपाल२०७८ चैत १४ गते २२:५३

सोमबार साँझ धनुषाको सबैला नगरपालिका–१२ बरकुर्वामा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चार बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सबैला नगरपालिका–२ का १५ वर्षीय राहुल यादव, १२ वर्षीय लक्ष्मी यादव, बौका भनिने विकास यादव र १४ वर्षीय सुमित यादव रहेको धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिएका छन् ।

अर्का एक जना घाइते भएका छन् । दुर्घटनामा सबैला–२ का १९ वर्षीय सुरेन्द्र यादव घाइते भएका हुन् । एउटै मोटरसाइकलमा पाँचै जना सवार रहेको घाइते यादवले जनाएको प्रवक्ता बस्नेतले बताए ।

ज.६ प ६७३९ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूमध्ये चार जनाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा मृत घोषणा गरिएको थियो ।

तपाइँको प्रतिक्रिया