नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक महाराजगञ्जमा
फ्ल्यासन्युज नेपाल२०७८ चैत १३ गते १७:२१
नेकपा एमालेको प्रथम स्थायी कमिटी बैठक महाराजगञ्जस्थित रोयल दरवार रेष्ट्रो एण्ड भेन्युमा बसेको हो । बैठकको सञ्चालन गर्दै अध्यक्ष केपी शर्मा ओलीले आफु र चिनियाँ विदेशमन्त्री वाङ यीसँग भएको भेटवार्ताबारे जानकारी गराएका छन् ।
वाङसँगको भेटवार्तामा आफुले नेपालको सरोकारका विषयमा छलफल भएको र विदेशमन्त्री वाङले पनि नेपालको विकासको साझेदारको रुपमा भुमिका खेल्ने चिनियाँ सरकारको नीति रहेको जानकारी गराएको बताए ।
बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगले चुनाव चिन्हमा हरियो रङ राख्नु आपत्तिजनक विषय भएको भन्दै राजनीतिक दलहरूसँग परामर्श नगरेको आरोप लगाए ।