एमालेसँग प्रतिस्पर्धा गर्न नसकेर प्रतिस्पर्धी दलहरू आत्तिएका छन्ः अध्यक्ष केपी शर्मा ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेका शक्तिका कारण अन्य पार्टीहरु आत्तिने गरेका बताएका छन् ।
अध्यक्ष ओलीले कुनै पनि दलले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।
ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाडौंको अधिवेशनमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उने भने, ‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन् ।’
उनले एमाले बाहेकका दलहरूसँग कुनै एजेण्डा नभएको एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।
‘उनी (दल)हरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायौँ भन्ने होला । नेपालमा किन रेल कुदायौँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’