मंगलबार, माघ २४, २०७९

चिनियाँ विदेशमन्त्री वाङ यी काठमाडौंमा

फ्ल्यासन्युज नेपाल२०७८ चैत ११ गते २०:०४

तीनदिने भ्रमणका लागि चिनियाँ विदेशमन्त्री वाङ यी २५ सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाडौं आइपुगेका छन् ।

विदेशमन्त्री वाङलाई परराष्ट्रमन्त्री नारायण खड्का, परराष्ट्र सचिव भरतराज पौड्याल, चिनियाँ राजदूत हउ यान्छी, शिष्टाचार महापाल दुर्गाबहादुर सुवेदीलगायतले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

विदेशमन्त्री वाङ दक्षिण एशियाली देशहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमणपछि नेपाल आएका हुन् ।

वाङले नेपाल बसाइमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, परराष्ट्रमन्त्री खड्कालगायत नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

शनिवार मन्त्री यीले समकक्षी खड्कासँग वार्ता गर्नेछन् । भोलि नै प्रधानमन्त्री शेरबहादुर देउवासँग पनि शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । भ्रमणको अन्तिम दिन आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट हुनेछ ।

वाङले अन्य राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यतालिका भने सार्वजनिक गरिएको छैन।

यस भ्रमणमा परराष्ट्रमन्त्री यीले नेपाललाई आर्थिक सहायता घोषणा गर्ने र विभिन्न १२ सम्झौतामा हस्ताक्षर हुने अपेक्षा गरिएको छ ।

तपाइँको प्रतिक्रिया