बिहीबार, माघ २६, २०७९

ओली सुटुक्क ज्ञानेन्द्र निवास जान्छन्: माधव नेपाल

फ्ल्यासन्युज नेपाल२०७८ चैत ११ गते १५:४४

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले सत्तारुढ गठबन्धन तोड्न एमाले लागिपरेको आरोप लगाएका छन् । काठमाडौं शुक्रबार अखिल नेपाल महिला संघ (समाजवादी) काठमाडौंको महिला भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले आसन्न निर्वाचनमा आफू कमजोर हुने भएपछि एमाले अध्यक्ष केपी ओली सत्तारुढ गठबन्धन तोड्ने प्रयास गरिरहेको आरोप लगाएका हुन् ।
आसन्न स्थानीय तहको निर्वाचनमा साँठगाँठका लागि ओलीले पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको बताउनु भएको हो । ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गर्नु भयो । तर आफूहरु भने बामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले काँग्रेस लगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढने उहाँको भनाई थियो । अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाप्रति आभार पनि व्यक्त गर्नु भयो । त्यसका लागि काँग्रेसको संस्थागत निर्णयको पर्खाईमा आफूहरु रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले अन्य बामपन्थी राजनीतिक शक्तिहरुले पनि आफ्नो पार्टीसँग चुनावी तालमेलका लागि प्रस्ताव गरिरहेको बताउनु भयो ।

तपाइँको प्रतिक्रिया