मंगलबार, माघ २४, २०७९

तनहुँ जिल्ला अदालतले पल शाहलाई थुनामा र कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग

फ्ल्यासन्युज नेपाल२०७८ चैत १० गते १९:२६

नाबालिग बलात्कारको अभियोगमा तनहुँ जिल्ला अदालतले अभिनेता पल शाहलाई थुनामा पठाउने आदेश दिएको छ ।

प्राप्त प्रमाणबाट आरोपी कसूरदार देखिएको भन्दै बुधबार र बिहीबार भएको थुनछेक बहसपछि न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पललाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो ।

अदालतको आदेशबाटै पललाई जिल्ला कारागार तनहुँमा पुर्पक्षका लागि थुनामा पठाइएको छ भने मतियारका रुपमा मुद्दा दायर गरिएका पल शाहका म्यानेजर कृष्ण जोशीसँग भने एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।
Pal shah

तपाइँको प्रतिक्रिया